Logo
९ मंसिर २०८१, आईतबार
(June 25, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश नं ५ स्थित पाल्पाका थप ९३ जनामा कोरोना संक्रमण पुष्टि

प्रदेश नं ५ स्थित पाल्पाका ९३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

चितवनस्थित भरतपुर अस्पतालको कोभिड-१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा ९३ जनामा संक्रमण पुष्टि भएको हो।

भरतपुर अस्पतालले बिहीबार बिहान सूचना निकालेर असार १० गते भएको आरटी पीसीआर परीक्षणमा संक्रमितहरु भेटिएको जानकारी गराएको छ ।

योसँगै पाल्पामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या तीन सय ३९ पुगेको छ । पाल्पाका विभिन्न ठाउँबाट २३४ वटा नमुना परीक्षणका लागि भरतपुर आएको अस्पतालले जनाएको छ ।

जसमध्ये पाल्पाका ९३ बाहेक अरु २०४ नमुनामा संक्रमण नदेखिएको अस्पतालको सुचनामा उल्लेख छ ।

चितवनको भरतपुर अस्पतालका १५, सिएमसी मेडिकल कलेजका ४, पुष्पाञ्जलीका २, क्यान्सर अस्पतालका २६, सिओएसएसका १६ र पाल्पाका समेत गरेर हिजो कुल २९७ वटा नमुनाको पसिआर भएको थियो ।

प्रकाशित मिति: Jun 25, 2020

प्रतिक्रिया दिनुहोस्