Logo
२३ कार्तिक २०८१, शुक्रबार
(June 24, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आलोचनापछि शीतल निवासमा रात्रीभोज स्थगित : चिया र विस्कुट खाएर निस्के नेताहरु

चौतर्फी आलोचना भएपछि शीतल निवासमा रात्रीभोज एकाएक स्थगित भएको छ । डिनर सहितको राजनीतिक भेला भनिएता पनि नेताहरुले चिया र विस्कुट खाएर निस्केका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संसदबाट सर्वसम्मत देशको नयाँ नक्सा पारित गरेकोमा दलहरुको प्रशंसा गरेकी छन् । उनले सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर जारी गरेको नक्सा संसदबाट सर्वसम्मत अनुमोदन गरेको भन्दै दलका नेताहरुलाई बधाई र धन्यवाद दिइन ।

बुधबार साँझ संसदमा प्रतिनिधित्व गर्ने प्रमुख दलका शीर्ष नेताहरु, उपराष्ट्रपति, सभामुख, राष्ट्रियसभा अध्यक्ष, प्रधानमन्त्री, पूर्व प्रधानमन्त्रीहरुलाई शीतल निवासमा बोलाएर राष्ट्रपतिले नक्सा अनुमोदनको खुशी व्यक्त गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले नयाँ नक्सा अनुमोदनमा दलहरुले देखाएको अभूतपूर्व एकताप्रति आफू खुशी रहेको भन्दै नेताहरुलाई धन्यवाद दिइन ।

साथै कोरोना भाइरसको महामारीविरुद्ध पनि सबै दलहरुबीच एकता नै देखिएको भन्दै राष्ट्रपति भण्डारीले आगामी दिनमा पनि यस्तै एकता कायम गर्न सुझाएको एक नेताले जानकारी दिए ।

नेताहरुले एक एक कप चिया र बिस्कुट खाएर निस्केको उक्त नेताले भने ।

प्रकाशित मिति: Jun 24, 2020

प्रतिक्रिया दिनुहोस्