Logo
५ आश्विन २०८१, शनिबार
(June 24, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

७५३ वटै स्थानीय तहले आगामी वर्षका लागि बजेट ल्याउँदै

७५३ वटै स्थानीय तहले बुधबार आगामी आर्थिक वर्ष २०७७/७८ का लागि बजेट ल्याउँदै छन्।

संघीय मामिला तथा स्थानीयका विकास मन्त्रालयले निर्धारण गरेको मितिमै ७५३ वटै स्थानीय गाउँसभा तथा नगरसभामा बजेट प्रस्तुत गर्न लागेका हुन्।

पालिकाहरुले संघीय सरकारले १५ जेठमा पेश गरेको बजेटबाट उल्लेखित वित्तीय हस्तान्तरण्बाबाट जाने २ खर्ब ६२ अर्ब ७५ करोड ७६ लाख रुपैयाँलाई मुख्य स्रोत मानी बजेट प्रस्तुत गर्न लागेका हुन्।

स्थानीय तहहरुले आफ्नै स्रोतबाट आर्जित रकम पनि बजेटमा समावेश हुनेछन्। कोरोनाबाट प्रभावित भएको अहिलेको अवस्थामा कोरोना रोकथाम तथा नियन्त्रण, रोजगारी सिर्जना, कृषिमा प्राथामिकता जस्ता विषय पालिकाहरुको बजेटको प्राथामिकतामा परेका छन्।

प्रकाशित मिति: Jun 24, 2020

प्रतिक्रिया दिनुहोस्