Logo
९ मंसिर २०८१, आईतबार
(June 24, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गण्डकी प्रदेशमा कोरोना संक्रमण तिब्र फैलिदैँ, ३२ जना नयाँ संक्रमित थपिए

पछिल्लो समयमा गण्डकी प्रदेशमा पनि कोरोना संक्रमण प्रतिदिन फैलिदै गइरहेको अवस्थामा थप ३२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

गण्डकीका ८ जिल्लामा नयाँ सङ्क्रमित थपिएका हुन् । ३२ जना थपिएसँगै प्रदेशमा सङ्क्रमितको संख्या ७२९ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

स्याङ्जाका ७ जना, गोरखाका १ जना, नवलपरासी सुस्तापूर्वमा ३ जना, लमजुङका ५ जना, पर्वका १ जना, कास्कीका ५ जना, बाग्लुङका १ जना र तनहुँका १ जना थपिएका निर्देशनालयले जनाएको छ ।

उनीहरु सबैलाई आइसोलेसनमा लैजाने तयारी भएको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक एवं प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता बिनोदबिन्दु शर्माले जानकारी दिए   ।

गण्डकी प्रदेशका कोरोना सङ्क्रमित ७२९ मध्ये ७० जना निको भएर घर फर्किएका छन् भने १ जनाको ज्यान गएको छ ।  यसअघि हिजो १ सय ४ जना नयाँ सङ्क्रमित थपिएका थिए ।

प्रकाशित मिति: Jun 24, 2020

प्रतिक्रिया दिनुहोस्