Logo
५ आश्विन २०८१, शनिबार
(June 23, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना रहँदासम्म शनिबार जस्तै आइतबार सार्वजनिक विदा दिन माग

कोरोना भाइरस महामारी रहँदासम्म आइतबार पनि बिदा दिन प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले माग गरेका छन् ।

प्रतिनिधिसभा संसद बैठकमा मंगलबार शून्य समयमा बोल्दै सांसद प्रधानले निजी सवारी साधनमा जोर बिजोर लागू गरेको भए पनि सडकमा जाम भइरहेको बताए ।

काठमाडौंमा मात्रै १५ लाख सवारी साधन रहेको भन्दै उनले भने, ‘अब कोरोनाको प्रभाव रहेसम्म शनिबार र आइतबार विदा दिने व्यवस्था गरौं ।’

बरु यो अवधिमा विद्युतीय सवारी साधन चलाउन दिनुपर्ने सांसद प्रधानले बताएका छन् ।

प्रकाशित मिति: Jun 23, 2020

प्रतिक्रिया दिनुहोस्