Logo
९ मंसिर २०८१, आईतबार
(June 22, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गण्डकी प्रदेशमा आज थप २० जनामा कोरोना पुष्टि, कुल सङ्क्रमितको संख्या ५४० पुगे

पछिल्लो समयमा गण्डकी प्रदेशमा कोरोना संक्रमित एकदमै बढ्दै गइरहेको अवस्थामा आज २० जनामा कोरोना पुष्टि भएको छ ।

यो सँगै गण्डकीमा सङ्क्रमितको संख्या ५४० पुगेको छ । नयाँ  दुई महिलासहित १९ पुरुष थपिएका हुन् ।

नयाँ थपिनेमा स्याङ्जाका १२ जना र नवलपरासी पूूर्वका ८ जना रहेका छन् । स्याङ्जाको अर्जुनचौपारीका ७ वर्षका ३ बालक सहित १६, ३०, ३१, ३० र ३८ वर्षका पुरुष र ६ वर्षकी बालिका सहित ५० वर्षकी एक महिला रहेकी छन् ।

कालीगण्डकी गाउँपालिकाका १४ र ४८ वर्षका पुरुष रहेका छन् । यस्तै नवलपरासी पूर्वका बौदीकाली गाउँपालिकाका ८ जना पुरुष रहेका छन् ।

उनीहरु सबै भारतबाट आई क्वरेण्टीनमा बसिररहेका प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक डाक्टर बिनोदबिन्दु शर्माले जानकारी दिए  ।

गण्डकी प्रदेशका ५४० जना सङ्क्रमितमध्ये ५५ जना निको भएर घर फर्किएका छन् ।

प्रकाशित मिति: Jun 22, 2020

प्रतिक्रिया दिनुहोस्