Logo
२५ कार्तिक २०८१, आईतबार
(June 21, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चार दलको फरक मतबीच ७ वर्षे प्रावधान सहितको नागरिकता विधेयक बहुमतले पास

नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने प्रावधानसहित नागरिकता विधेयक संसदको राज्य व्यवस्था तथा सुशासन समितिले बहुमतले पास गरेको छ ।

प्रमुख विपक्षी नेपाली कांग्रेस, राजपा, समाजवादी र नेमकिपाले भने फरक मत राखेका थिए । अब यो विधेयक प्रतिनिधी सभामा पेश हुनेछ ।

आइतबार सिंहदरबारमा बसेको समितिको बैठकले वैवाहिक अंगीकृतलाई सात वर्षपछिमात्र नागरिकता दिने प्रस्ताव बहुमतले पारित गरेको हो ।

प्रस्ताव पारित भएसँगै अब उक्त प्रस्ताव संसदमा पठाउने निर्णय समिति सभापति शशि श्रेष्ठले जानकारी गराईन् । वैवाहिक अंगिकृत नागरिकताको सात वर्षे प्रावधानप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले छुट्टाछुट्टै फरकमत दर्ता गराएका छन्।

कांग्रेसको तर्फबाट दिलेन्द्र बडु र जसपाको तर्फबाट राजेन्द्र महतोले वैवाहिक नागरिकताको सात वर्षे प्रावधानप्रति पार्टीको तर्फबाट फरकमत दर्ता गराएका हुन्।

प्रकाशित मिति: Jun 21, 2020

प्रतिक्रिया दिनुहोस्