Logo
५ आश्विन २०८१, शनिबार
(June 21, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज मात्रै ४२१ संक्रमित थपिए,१७७२ डिस्चार्ज

नेपालमा आइतबार ४२१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार ४२१ जना संक्रमित थपिएका नियमित प्रेस ब्रिफिङका क्रममा जानकारी दिए ।

उनीहरु मध्ये ३५७ जना पुरुष र ६४जना महिला छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ९०२६ पुगेको छ ।

कोरोना संक्रमण निको भएर डिस्चार्ज हुनेको संख्या १७७२ रहेको छ । उनीहरु मध्ये १९४ जना गत चौबिस घण्टामा डिस्चार्ज भएका हुन् ।

जम्मा डिस्चार्ज हुने मध्ये १६२३ जना पुरुष र १४९ जना महिला रहेका छन् ।

प्रकाशित मिति: Jun 21, 2020

प्रतिक्रिया दिनुहोस्