Logo
९ पुस २०८१, मंगलबार
(June 20, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राति १० बजेदेखि बिहान ५ बजेसम्म हिँडडुल गर्न नपाइने सरकारको निर्णय

लामो समयदेखि सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि जारी गरेको लकडाउन अवधिमा राति १० बजेदेखि बिहान ५ बजेसम्म हिँडडुल गर्न नपाइने निर्णय गरेको छ ।

गृह मन्त्रालयले शुक्रबार जारी गरेको ‘बन्दाबन्दीलाई व्यवस्थित गर्ने सम्बन्धी सुरक्षा मापदण्ड-२०७७’ अनुसार अत्यावश्यक कामबाहेक राति १० बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा रोक लगाइएको हो ।

गत २०७६ चैत ११ गतेदेखि सुरु भएको लकडाउन १ असारदेखि केही खुकुलो भएपछि गृह मन्त्रालयले अनावश्यक हिँडडुल गर्नेमाथि कडाई गर्ने निर्णय गरेको हो ।

कार्यस्थलमा रहँदा वा हिँडडुल गर्दा न्यूनतम दुई मिटरको सामाजिक दूरी कायम गर्न समेत मन्त्रालयले आग्रह गरेको छ । मन्त्रालयले सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई पनि उच्च सर्तकता अपनाउन निर्देशन दिएको छ ।

गृहको सुरक्षा मापदण्डमा विवाह, व्रतबन्ध, मृत्यु संस्कारजस्ता कार्यमा १५ जनाभन्दा बढीलाई भेलामा प्रतिबन्ध लगाइएको छ ।

सुरक्षा मापदण्डमा उद्योगमा काम गर्दा एक पटकमा १० जनाभन्दा बढी भेला हुन नपाइने उल्लेख गरिएको छ ।

प्रकाशित मिति: Jun 20, 2020

प्रतिक्रिया दिनुहोस्