सरकारले सांसद विकास कोषमा खर्च नभएको रकम कोरोना रोकथाममा खर्च गर्ने निर्णय
अब सरकारले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम तेस्रो संशोधन नियमावली २०७७ स्वीकृत गरी सांसद विकास कोषमा खर्च नभएको रकम कोरोनाको रोकथाम तथा उपचारका लागि खर्च गर्न सक्ने निर्णय गरेको छ ।
सरकारले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अर्थात सांसद विकास कोषमा खर्च नभएको रकम कोरोना रोकथाम तथा उपचारका लागि खर्च गर्न सक्ने व्यवस्था गरेको छ ।
असार २ गतेको मन्त्रिपरिषद्को बैठकले स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमको रकम सम्बन्धित पालिकामा कोरोनाको रोकथाम तथा उपचारका लागि खर्च गर्न सक्ने निर्णय गरेको हो ।
चालु आर्थिक वर्षको लागि कोषमा छुट्याइएको रकममध्ये खर्च नभएको रकम असार १५ गतेभित्र सम्बन्धित पालिकामा रहेको कोभिड(१९ व्यवस्थापनको लागि खोलिएको खातामा जम्मा गर्नुपर्ने छ।
यसरी जम्मा भएको रकम कोरोनाको रोकथाम नियन्त्रण र उपचारको काममा मात्र खर्च गर्न पाउने भन्ने निर्णय भएको छ ।