Logo
५ आश्विन २०८१, शनिबार
(June 18, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

थप ६७१ जनामा कोरोना पुष्टि, संक्रमित संख्या ७८४८ पुग्यो

नेपालमा पछिल्लो २४ घण्टामा ६ सय ७१ जना कोरोना संक्रमित थपिएका छन्।

पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। यीमध्ये ८० जना महिला हुन् भने ५ सय ९१ जना पुरुष हुन्।

आज थपिएकासहित नेपालमा संक्रमितको संख्या ७८४८ पुगेको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए।

प्रवक्ता डा गौतमका अनुसार हालसम्म देशका ७४ जिल्लामा संक्रमण देखिएको छ। नेपालमा बिहीबारसम्म २२ जनाको भने कोरोना संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ।

प्रकाशित मिति: Jun 18, 2020

प्रतिक्रिया दिनुहोस्