Logo
५ आश्विन २०८१, शनिबार
(June 18, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोही नेपाली खाना र आवास बिना अलपत्र परेका छैनन् : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले खाना र आवासबिना नेपाली अलपत्र परेर बस्नु नपर्ने बताएका छन् । राष्ट्रियसभामा बोल्दै प्रधानमन्त्री ओलीले दुई वर्षको कार्यकालमा कसैलाई खाना र आवासबिना अलपत्र बस्नु नपर्ने व्यवस्था गरिएको बताएका हुन् ।

उनले नेपाली समाजलाई भिखारीमुक्त बनाएको पनि उनले बताए । नेपालमा बाँच्नका लागि हात थाप्नु पर्ने अवस्था पनि नभएको उल्लेख गरे । उनले सदस्यहरूलाई नेपाली कसैका अगाडि भाँडा थापेर खानका गिडगिडाउन नपर्ने अवस्था रहेको बारेमा प्रवचनमा भन्न आग्रह गरे ।

‘कुनै महिलाले बच्चा बोकेर भोक लागिरहेको छ भन्नु पर्दैन केही खानाका लागि दिनुहोस भन्नु पर्दैन यस्तो अवस्था छैन’ उनले भने, ‘नेपाल बेगर फ्रि देश हो, सडक मानवमुक्त देश हो ।’

प्रकाशित मिति: Jun 18, 2020

प्रतिक्रिया दिनुहोस्