Logo
५ आश्विन २०८१, शनिबार
(June 17, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सीमा क्षेत्रमा तनाव बढेपछि मोदीले बोलाए सर्वदलीय बैठक

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारत–चीन सीमामा भएको भिडन्तपछिको अवस्थाबारे छलफल गर्न सर्वदलीय बैठक गर्ने भएका छन्।

मोदीले जुन १९ अर्थात शुक्रबारका लागि सर्वदलीय बैठक बोलाएका हुन्। बैठक शुक्रबार बेलुका पाँच बजे बस्ने प्रधानमन्त्री कार्यालयलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

सोमबार राति लद्दाखको पूर्वी क्षेत्रको वास्तविक नियन्त्रण रेखा (एलएसी) को गलवान उपत्यका सीमा क्षेत्रमा भारत र चीनका सेनाबिच भिडन्त भएको थियो।

सो भिडन्तमा भारतका एक उच्च सैनिक अधिकारीसहित २० सैनिकको मृत्यु भएको थियो। मोदीले त्यसपछि उत्पन्न भएको परिवेश बारे छलफल गर्न बैठक बोलाएका हुन्।

प्रकाशित मिति: Jun 17, 2020

प्रतिक्रिया दिनुहोस्