Logo
४ आश्विन २०८१, शुक्रबार
(June 16, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मंगलबार नेपालमा ३८० जना कोरोना संक्रमित थपिए, ११७ जनाले जिते

मंगलबार नेपालमा ३८० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले नेपालका विभिन्न स्थानमा रहेका प्रयोगशालमा गरिएको नमुना परीक्षणका क्रममा ३८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ६ हजार ५९१ पुगेको छ । जसमध्ये ४९९ जना महिला रहेका छन् भने ६ हजार ९२ पुरुष रहेक छन् । नेपालमा ७७ जिल्लामा मध्ये ७३ जिल्लामा कोरोना भाइरस फैलिएको छ ।

मंगलबार ११७ जनाले कोरोना भाइरसलाई जितेर घर फर्किएका छन् । जसमध्ये ८ जना महिला छन् भने १०९ जना पुरुष रहेका छन् ।

स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरणअनुसार मंगलबारसम्म १ लाख ४३ हजार ७३८ नुमनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ । २ लाख २३ हजार ५१९ जनाको आरडीटी विधिबाट परीक्षण गरिएको छ । २४ घण्टाको अवधिमा ५ हजार ५५ पीसीआर विधिबाट परीक्षण भएको छ । ४ हजार १८३ जनाको आरडीटी विधिबाट परीक्षण गरिएको छ ।

प्रकाशित मिति: Jun 16, 2020

प्रतिक्रिया दिनुहोस्