Logo
४ आश्विन २०८१, शुक्रबार
(June 16, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतीय तस्करद्वारा नेपाली सुरक्षाकर्मीमाथि आक्रमणको प्रयास

भारतीय तस्करहरुले नेपाली सुरक्षाकर्मीमाथि आक्रमणको प्रयास गरेका छन ।

झापा गाउँपालिका–१, लसुनास्थित नेपाल–भारत सीमामा तैनाथ सुरक्षाकर्मीमाथि तस्करहरुको समूहले आक्रमण प्रयास गरेको सशस्त्र प्रहरी बल नेपाल २ नम्बर हेडक्वार्टर झापाका एसपी रेशमकुमार थक्सुले जानकारी दिए । एसपी थक्सुका अनुसार लसुने नाकाबाट पछिल्लो समय तस्करी मौलाएको छ ।

सोमबार मध्यराति भारतीय तस्करले अवैध रुपमा सामान छिराउने क्रममा सीमाका सुरक्षाकर्मीले रोक्न खोजेका थिए । कतिपय सामान सुरक्षाकर्मीको आँखा छलेर नेपाल छिराइसकिएको थियो । ‘अवैध सामान बरामद गर्ने क्रममा भारतीय तस्कर समूहले हाम्रा सुरक्षाकर्मीलाई लछारेका हुन’, एसपी थक्सुले भने, ‘सामान्य वादविवाद भयो, ठूलो घटना हुन पाएन ।’

थक्सुले यो नाकावाट छिराइएको ठूलो परिमाणको मोटरपार्ट्स र सुर्तीजन्य बस्तु बरामद गरिएको छ । ‘लकडाउन खुकुलो बन्दै गएपछि तस्करहरु सल्बलाउन थालेका छन्’, एसपीले भने,‘झापाका दक्षिणी नाकाबाट तस्करी मौलाउँदै गएको छ ।’

प्रकाशित मिति: Jun 16, 2020

प्रतिक्रिया दिनुहोस्