Logo
९ मंसिर २०८१, आईतबार
(June 16, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना सङ्क्रमण पुष्टि

गण्डकी प्रदेशको पाँच जिल्लाका १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेशको पाँच जिल्लाका १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डाक्टर विनोद विन्दु शर्माले जानकारी दिए ।

उनका अनुसार गोरखाको गोरखा नगरपालिकामा एक महिलासहित ८ जना पुरुष र बारपाक सुलिकोट गाउँपालिकाका दुई जना, स्याङजा चापाकोट नगरपालिकाका ४ जना तथा कास्कीको पोखरा नगरपालिका, बाग्लुङको ताराखोला गाउँपालिका, नवलपरासीको विनयत्रिवेणी गाउँपालिका र मध्यविन्दु नगरपालिकाका एक एक जना गरी १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

प्रकाशित मिति: Jun 16, 2020

प्रतिक्रिया दिनुहोस्