Logo
४ आश्विन २०८१, शुक्रबार
(June 15, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालमा थप ४५१ जनामा कोरोना भाइरसको संक्रमण

विगत २४ घण्टायता नेपालमा थप ४५१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ३५ जना महिला र ४ सय १६ जना पुरुष छन्।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा विराटनगरमा मोरङका १, जना नारायणी अस्पतालको प्रयोगशालामा पर्साका १० जना र रौतहटका १ जनामा कोरोना संक्रमण पाइएको छ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा पोखरामा गरिएको परीक्षणमा तनहुँका ५ जना, सेती अस्तपालको प्रयोगशालामा अछामका ३ जना, कैलालीका २ जना र डोटीका ४ जनामा कोरोना संक्रमण देखिएको छ।

यस्तै भेरी अस्पतालको प्रयोगशालामा बाँकेका ५, बर्दियाका १६ र प्यूठानका ३ जनामा कोरोना संक्रमण पाइएको हो।

यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा दैलेखका ५ जनामा पनि संक्रमण पाइएको छ। यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा महोत्तरीका २० र धनुषाका ४ जनामा संक्रमण पाइएको छ। भरतपुर अस्पतालको प्रयोगशालामा नुवाकोटका ३ जना, अर्घाखाँचीका ३ जना र चितवनका १ जनामा पनि कोरोना संक्रमण पाइएको छ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीको प्रयोगशालामा गुल्मीका दुई र रुपन्देहीका ५ जनामा संक्रमण पुष्टि भएको छ।

कोशी अस्तपालको प्रयोगशालामा सुनसरीका ३ जना, मोरङका २१ जना र झपाका १ जनामा समेत कोरोना भएको पाइएको छ।

प्रादेशिक प्रयोगशालामा सुर्खेतमा गरिएको परीक्षणमा दैलेखका ८८ जना र सुर्खेतका १९ जनामा पनि संक्रमण पुष्टि भएको छ।

यस्तै धुलिखेल अस्पतालको प्रयोगशालामा रोल्पाका ५ र काठमाडौंका १ जनामा पनि कोरोना संक्रमण पाइएको छ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ४३ जना, त्रिवि शिक्षण अस्तपाल महाराजगञ्जमा कैलालीका १ जनामा पनि कोरोना संक्रमण पाइएको छ।

हेटौडाको प्रयोगशालामा रौतहटका २५ जना, टेकु अस्पतालमा धादिङका ९ र काठमाडौंका १ जनाको समेत कोरोना पोजेटिभ रिपोर्ट आएको छ।

यस्तै पाटन अस्पताल प्रयोगशालमा ललितपुरका १ जना र काठमाडौंका २ जना छन्। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा बाराका १, गुल्मीका ७, कपिलवस्तुका १, महोत्तरीका १०, पाल्पाका १०, रौतहटका ७६ जना, सर्लाहीका २३, सिराहाका ४, रुपन्देहीका ७ जनामा समेत यसको संक्रमण पाइएको छैन।

प्रकाशित मिति: Jun 15, 2020

प्रतिक्रिया दिनुहोस्