Logo
४ आश्विन २०८१, शुक्रबार
(June 14, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रुकुम घटनामा संलग्न वडाध्यक्षसहित ३४ जना विरुद्ध मुद्दा दर्ता

पश्चिम रुकुम घटनामा संलग्न वडाध्यक्षसहित ३४ जना विरुद्ध मुद्दा दर्ता गरिएको छ ।

रुकुमको चौरजहारी नगरपालिका–८ स्थित सोतीमा ६ जनाको ज्यान लिने गरी भएको घटनामा संलग्न भएको आरोपमा आइतबार चौरजहारी–८ का वडाध्यक्ष डम्बरबहादुर मल्लसहितका ३४ प्रतिवादीविरुद्ध जिल्ला अदातल रुकुममा मुद्दा दर्ता गरिएको हो ।

उनीहरूमध्ये केहीलाई कर्तव्य ज्यान, केहीलाई ज्यान मार्ने उद्योग र केहीलाई भने जातीय भेदभाव तथा छुवाछुतको मुद्दा दर्ता गरिएको छ ।

प्रतिवादी बनाइएका मध्ये ५ जना भने फरार रहेको प्रहरीले बताएको छ । जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षीय युवक नवराज विक र छिमेकी जिल्ला पश्चिम रुकुमको चौरजहारी नगरपालिका–८ सोतीकी १७ वर्षीया मल्ल थरकी एक किशोरीबीच प्रेम बसेको थियो ।

तल्लो जातको केटा भएको भन्दै केटीका परिवारले उनीहरूको विवाह अस्वीकार गरेपछि १९ जना युवा, केटीलाई लिन केटीको गाउँ गएपछि स्थानीयले घेरा हालेर लखेटेका थिए । यसरी लखटिएका १२ जना घाइते भए । ६ जनाको भने मृत्यु भएको थियो ।

प्रकाशित मिति: Jun 14, 2020

प्रतिक्रिया दिनुहोस्