ईनरुवामा भएको आगलागीबारेमा राम कुमारी चौधरीद्वारा संसदमा ध्यानाकर्षण
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद राम कुमारी चौधरीले सुनसरी सदरमुकाम ईनरुवामा भएको आगलागी बारे प्रतिनिधि सभामा सरकारको ध्यानाकर्षण गराएकी छिन ।
बैठकको बिशेष समयमा बोल्दै सांसद चौधरीले हनुमान बस्त्रालय बाट लागेको आगोले छेउको सृजना फाइनान्स र हार्डवेयर गरि छ घरपरिवारमा क्षती पुर्याएको सांसद चौधरीले बताईन ।
धरान ,ईटहरी ,दुहबी ,बराहक्षेत्र , सुन्दरहरैचा र बिराटनगरका दमल प्रयोग गरी सेना ,सशस्त्र प्रहरी , नेपाल प्रहरी र स्थानीयहरुले आगो निभाएका थिए ।
पीडितहरु लाई सरकारको तर्फ बाट क्षेतिपुर्ती दिनु पर्ने माग समेत गरेकी छिन ।
साथै सुनसरी लगायत देशै भरीका कोरोना संक्रमित राख्ने क्वारेन्टाइनहरु अस्त व्यस्त रहेकोले व्यवस्थित गर्न समेत माग गरेकी छिन ।
तराईमा रहेको नेपाल भारत सिमानाहरुमा भारतीय पक्ष बाट दिन प्रतिदिन विभिन्न किसिमले स्थानीय तथा सिमा सुरक्षामा खटीएका सशस्त्र प्रहरीहरु माथी आक्रमण गर्ने र हत्यार समेत खोस्ने प्रयासहरु भैइरहेको सांसद चौधरीले बताइन ।
साथै नेपाली सेना लाई भात खुवाएर व्यपार गर्न लगाउने होइन की सिमा रक्षा गर्न सिमानामा खटाउन समेत सरकार सङ्ग माग गरेकी छिन ।
सशस्त्र प्रहरीको संख्या सिमा सुरक्षाको लागि थोरै भएकोले स्पोर्ट्को लागि नेपाली सेना लाई सिमानामा पठाउनु पर्ने सांसद चौधरीले बताइन ।