Logo
४ आश्विन २०८१, शुक्रबार
(June 14, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लकडाउनका कारण घर बसेका सरकारी कर्मचारी भोलीदेखि अफिस जाँदै

गत साता सरकारले गरेको निर्णय अनुसार भोली (सोमबार) देखि सरकारी कार्यालय खुल्ने भएका छन ।

झन्डै ८४ दिन लकडाउनका कारण बन्द रहेका सरकारी कार्यालय असार १ गते अर्थात भोलिदेखि सञ्चालनमा आउने भएका हुन ।

सरकारले लकडाउनलाई खुकुलो बनाउने रणनीति स्वरुप सबै सरकारी कार्यालयहरु कोरोना सङ्क्रमणबाट सुरक्षा विधि अपनाएर सञ्चालन गर्ने रणनीति अघि बढाएको छ ।

गत बुधबार बसेको मन्त्रिपरिषदको बैठकले सरकारी कार्यालय सुचारु गर्ने निर्णय गरेको थियो ।

कार्यालय सञ्चालन हुने तर सार्वजनिक यातायात सञ्चालन नहुने भएपछि आफ्नो सवारी साधन नभएका कर्मचारीका लागि पैदल हिँडेर कार्यालय जानुबाहेक अर्काे विकल्प सरकारले दिएको छैन ।

यस्तै सवारी साधन भएका कर्मचारीहरुले पनि सम्बन्धित कार्यालय प्रमुखको सिफारिसमा सवारी पास बनाउनुपर्ने व्यवस्था गरिएको छ ।

प्रकाशित मिति: Jun 14, 2020

प्रतिक्रिया दिनुहोस्