Logo
४ आश्विन २०८१, शुक्रबार
(June 14, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज कुन जिल्लामा कति संक्रमित भेटिए ? हेर्नुहोस्

पछिल्लो २४ घण्टायता नेपालमा थप ४२५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा जना ३७५ पुरुष र ५० जना महिलामा संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएको हो।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा मोरङका २५, सुनसरीका १ जना र झापाका १ जनामा कोरोना पोजेटिभ पाइएको छ। यस्तै, सप्तरीका १० जनाको भने कोशी अस्पताल प्रयोगशालामा कोरोना पोजेटिभ पाइएको छ।

नारायणी अस्तपालको प्रयोगशामा पर्साका १७ जना, बाराका ९ जना, सर्लाहीका १ जना र रौतहटका ७ जनामा पनि कोरोना संक्रमण पाइएको छ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा नवलपरासी पूर्वका २ जना पनि संक्रमण भेटिएको छ। सेती अस्पतालको प्रयोगशालामा बझाङका ५ जना, डडेल्धुराका २४ जना, डोटीका ३ जना र कैलालीका १२ जना छन् भने कञ्चनपुरका २० जनामा कोरोना संक्रमण पाइएको छ।

भेरी अस्पतालको प्रयोगशालामा बर्दिया र बाँकेका ३-३ जना रुकुम पश्चिमका १ जनामा संक्रमण पाइएको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा प्यूठानका २ जना र दाङका ५४ जना कोरोना संक्रमण पाइएको छ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा रौतहटका १७ जना र धनुषाका १ जनामा पनि कोरोना संक्रमण पाइएको छ।

धुलिखेल अस्तपालको प्रयोगशालामा रामेछापका २ जना पनि यसको संक्रमण पुगेको भेटिएको छ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा गुल्मीका ८ जना नवलपरासी पश्चिमका २ र रुकुम पश्चिमका २० जनामा कोरोना संक्रमण पाइएको छ भने पाल्पाका १७ जनामा कोरोना संक्रमण पाइएको छ।

सुर्खेतको प्रयोगशालामा सुर्खेका ४० जना र दैलेखका २९ जनामा कोरोना संक्रमण भेटिएको छ भने हेटौडाको प्रयोगशालामा रौतहट र सिन्धुलीका १-१ जनामा कोरोना संक्रमण भेटिएको छ।

टेकु अस्तपालको प्रयोगशालामा धादिङका २५ जनामा कोरोना संक्रमण भेटिएको छ। यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा रौतहटका ३१ जना, रुपन्देहीका ६ जना र सर्लाहीका ५ जनामा समेत यसको संक्रमण पुष्टि भएको छ।

आज थपिएकासहित नेपालमा संक्रमितको संख्या ५ हजार ७ सय ६० पुगेको प्रवक्ता डा गौतमले जानकारी दिए।

प्रवक्ता डा गौतमका अनुसार हालसम्म देशका ७३ जिल्लामा संक्रमण देखिएको छ। पछिल्लो पटक रुकुम पश्चिम थपिएको छ।

हालसम्म ९७४ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन्। हालसम्म कोरोना संक्रमण भएका १८ जनाको भने मृत्यु भएको छ।

प्रकाशित मिति: Jun 14, 2020

प्रतिक्रिया दिनुहोस्