Logo
४ आश्विन २०८१, शुक्रबार
(June 14, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बालुवाटारमा बोलाइएको नेकपा सचिवालय बैठक फेरि पनि स्थगित

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक स्थगित भएको छ।

एमसीसीबारे छलफल गर्नका लागि दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको हो।

नेकपाका महासचिव विष्णु पौडेलले आजका लागि बोलाइएको सचिवालय बैठक स्थगित भएको जानकारी दिए।

पाटी प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठक स्थगित भएको सूचना आफूलाई आएको बताए। ‘बैठक स्थगित भएको सूचना महासचिवले दिनुभएको छ’, नेपालखबरसँग कुरा गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले भने।

नेकपाको सचिवालय बैठक बोलाएर स्थगित भएको यो दोस्रो पटक हो।

यसअघि जेठ २७ गते मंगलबारका लागि बोलाइएको बैठक पनि बस्दै नबसी स्थगित भएको थियो।

प्रकाशित मिति: Jun 14, 2020

प्रतिक्रिया दिनुहोस्