हिजो प्रतिनिधिसभाबाट पारित भएको संविधान संशोधन विधेयक आज राष्ट्रियसभामा पेश
हिजो प्रतिनिधिसभाबाट पारित भएको संविधान संशोधन विधेयक आज आइतबार माथिल्लो सदन राष्ट्रियसभामा पेश हुँदैछ ।
प्रतिनिधिसभाबाट सूचनासहित आएको विधेयकमाथि आइतबार नै सैद्धान्तिक छलफल सकेर संशोधनका लागि ७२ घण्टाको समय दिने तयारी रहेको छ ।
शनिबार प्रनिनिधिसभाले सर्वसम्मत्त रुपमा पारित गरेको विधेयकको त्यस सम्बन्धी सूचनासहित आइतबार राष्ट्रियसभामा पेश हुन लागेको हो ।
७२ घण्टाको समय सकिएपछि राष्ट्रियसभाले पनि तुरुन्तै विधेयक पारित गर्ने तयारी गरिएको सत्तापक्षका राष्ट्रियसभाका सचेतक खिमलाल भट्टराईले जानकारी दिए ।
राष्ट्रियसभामा पनि विधेयक दुई तिहाइ बहुमतले पारित गर्नुपर्ने संवैधानिक व्यवस्था छ । राष्ट्रियसभाको बैठक बिहान ११ बजेपछि बस्नेछ ।