Logo
९ पुस २०८१, मंगलबार
(June 12, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सीसीएमसीलाई ब्यारेकबाट सिंहदरबार सारियो, चारजना मन्त्री थप

सरकारले कोरोना संक्रमण नियन्त्रण सम्बन्धी उच्चस्तरीय समन्वय समितिलाई निष्क्रिय बनाएर कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) लाई शक्तिशाली बनाएको छ ।

मन्त्रिपरिषदको पछिल्लो बैठकले सीसीएमसीमा चारजना मन्त्री थपेर सोही संयन्त्रलाई बलियो बनाएको हो । दुवै संयन्त्रको नेतृत्व उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरलले नै गरेका थिए ।

मन्त्रिपरिषदमा केही मन्त्रीले कोभिड १९ विरुद्धको लडाइँमा धेरै संयन्त्र खडा गर्दा काममा अलमल भएको भन्दै एउटै संयन्त्रबाट काम गर्न उपयुक्त हुने बताएका थिए ।

सीसीएमसीमा कृषिमन्त्री घनश्याम भुसाल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, पर्यटन मन्त्री योगेश भट्टराई र उर्जामन्त्री वर्षमान पुन थपिएका छन् ।

यसअघि उपप्रधानमन्त्री पोखरेलसहित गृहमन्त्री रामवहादुर थापा बादल, उद्योगमन्त्री लेखराज भट्ट, संघीय मामिला मन्त्री हृदयेश त्रिपाठी, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र अर्थमन्त्री डा.युवराज खतिवडा थिए ।

सीसीएमसीको कार्यालय छाउनीस्थित नेपाली सेनाको रेन्जर गणमा राखिएको थियो । अहिलेसम्मका बैठक ब्यारेकमै भइरहेका थिए । शुक्रबार पहिलो पटक सीसीएमसी निर्देशक समितिको बैठक प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा बसेको छ ।

प्रकाशित मिति: Jun 12, 2020

प्रतिक्रिया दिनुहोस्