जनप्रदर्शनलाई दबाउँदै सरखार ! प्रदर्शन गरे ६ महिनासम्म थुन्ने चेतावनी
काठमाडौंसहित देशभर सरकार विरुद्ध जनप्रदर्शन हुन थालेपछि सरकारले दबाव नीति लिन थालेको छ ।
बिहीबार दिउँसो प्रधानमन्त्री केपी ओली निवास बालुवाटार अगाडी कुनै पार्टीको नेतृत्व बिना नै लकडाउनका बेला अप्रत्याशित रुपमा जनप्रर्दशन भएपछि सरकारले तत्काल त्यस्ता प्रदर्शनलाई दबाउन थालेको हो ।
गृहमन्त्री रामबहादुर थापाको ठाडो आदेशमा गृहका सहसचिव केदारनाथ शर्माले निकालेको विज्ञप्ति नै जारी गरेर ६ महीनासम्म थुन्ने चेतावनी दिए ।
विज्ञप्तीमा पछिल्ला दिनमा विभिन्न बहाना वा माग राखेर सामाजिक सञ्जालबाट सर्वसाधारणलाई निश्चित स्थानमा जम्मा हुन आह्वान गर्ने, जुलुस प्रदर्शन गर्ने र शान्तिपूर्ण धर्नाका नाममा धेरै व्यक्ति सहभागी गराउने, ज्ञापन पत्र दिन जानेजस्ता कामप्रति गृहले गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।
‘बन्दाबन्दीको आदेशको अवहेलना गर्ने वा काममा बाधा र्पुयाउने व्यक्तिलाई संक्रामक रोग ऐन, २०२० को दफा ३ को सजायअन्तर्गत सम्बन्धित प्रमुख जिल्ला अधिकारीले रू १०० देखि ६०० सम्म जरिवाना र १ महिनादेखि ६ महिनासम्म थुनामा राख्नेले गरी कारबाही गर्न सक्ने प्रावधान रहेको व्यहोरासमेत सम्बन्धित सबैलाई स्मरण गराइन्छ,’ विज्ञप्तिमा भनिएको छ ।
लकडाउनलाई बाधा पुग्ने गरी काम गरेमा प्रजिअले कारबाही गर्न सक्ने गृहको भनाइ छ ।