Logo
४ आश्विन २०८१, शुक्रबार
(June 11, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारी कार्यालय २ सिफ्टमा संचालन गर्ने सरकारको निर्णय

सरकारी, वित्तीय क्षेत्र र गैर सरकारी संस्थाका कार्यालय संचालन गर्नलाई सरकारले सहज बनाएको छ । सरकारकार प्रवक्ता डा युवराज खतिवडाले मन्त्रिपरिषद्ले गरेका निर्णयहरू बारे जानकारी दिँदै यी क्षेत्रहरू २ सिफ्टमा संचालन गरिने बताएका हुन् ।

बिहान ८ देखि १ बजेसम्म एउटा सिफ्ट संचालन हुने र दिउँसो १ देखि ६ बजेसम्म अर्को सिफ्ट संचालन हने उनले बताए । आवागमनमा र कार्यस्थलमा दूरी कायम गर्नका लागि कार्यालयहरू दुई सिफ्टमा संचालन गर्ने निर्णय गरिएको उनले बताएका छन् ।

‘बिहान ८ बजेदेखि १ बजे सम्म र १ बजेदिख ६ बजेसम्म कार्यालयहरू पूर्णरूपमा संचालित हुन्छन्’ उनले भने ‘जसले गर्दा बढी भीडभाड नभइ आधारभूत सेवा प्रदाद गर्नका लागि सहज हुनेछ ।’

प्रकाशित मिति: Jun 11, 2020

प्रतिक्रिया दिनुहोस्