Logo
४ आश्विन २०८१, शुक्रबार
(June 11, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मोटरसाइकलमा अब एक जना मात्र चढ्न पाइने, सार्वजनिक गाडी तत्काल नचल्ने

सरकारले लकडाउनलाई केही खुकुलो बनाउँदै मोटरसाइकल चलाउन दिने भएको छ ।

हालै बसेको मन्त्रिपरिषद बैठकले मोटरसाइकलमा चालकले मात्र यात्रा गर्न पाउने निर्णय गरेको हो । यसबारे सरकारका प्रवक्ता डा. युवराज खतिवडाले पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।

अब मोटरसाइकलमा एक जना भन्दा बढि चढ्न पाइने छैन ।

त्यस्तै सबै प्रकारका पैदल आवागमन, साइकल र मोटरसाइकल चल्न दिने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको छ ।

त्यस्तै सबै प्रकारका ढुवानी पनि खुला गरिएको छ । यो व्यवस्था बिहीबारदेखि नै लागू हुनेछ ।

यस्तै तत्काल सार्वजनिक गाडी भने चल्ने छैनन ।

प्रकाशित मिति: Jun 11, 2020

प्रतिक्रिया दिनुहोस्