नयाँ नक्सा सहितको संविधान संशोधन प्रस्ताव सर्वसम्मतले स्वीकृत
प्रतिनिधिसभामा प्रस्तूत गरिएको नयाँ नक्सा सहितको संविधान संशोधन प्रस्ताव सर्वसम्मतले स्वीकृत भएको छ । उक्त प्रस्तावबारे निकै लामो समयसम्म छलफल चलेको थियो ।
छलफलमा बोल्ने सबै सबै सांसदहरले उक्त प्रस्तावको सर्मथन गरेका थिए । प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङ्फले ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गरेकी थिइन् ।
त्यसपछि छलफल चलेको थियो । छलफल चलेपछि केहिबेर अघि उक्त प्रस्तावलाई निर्णायर्थ प्रस्तूत गरिएको थियो । उक्त प्रस्तावको पक्षमा सबैले मत जाहेर गरेपछि सभामुख अग्नी सापकोटाले उक्त प्रस्ताव स्वीकृत भएको घोषणा गरेका छन् ।
योसंगै संविधान संशोधन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको छ । कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर जारी गरिएको नक्साअनुसार संविधानको अनुसुची ३ मा रहेको निशान छाप संशोधन गर्न लागिएको छ ।
उक्त विधेयकमा समर्थन जनाउँदै सबै दलका सांसदले अब भूमि फिर्ता ल्याउनका लागि कूटनीतिक पहल गर्न पनि सरकारलाई आग्रह गरेका छन् ।
कानुनमन्त्री तुम्बाहाम्फेले मंगलबार प्रस्तुत गरिएको संविधान संशोधन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव संघीय संसदको प्रतिनिधिसभाले सर्वसम्मत रुपमा पारित गरेको हो ।
विधेयकमाथिको छलफलपछि सभामुख सापकोटाले उक्त विधेयक निर्णयार्थ प्रस्तुत गरेका थिए । प्रस्तावको विपक्षमा हुन्न भन्ने आवाज नसुनिएकाले सभामुख सापकोटाले उक्त प्रस्ताव सर्वसम्मत स्वीकृत भएको घोषणा गरेका थिए ।
उक्त प्रस्ताव निर्णायथ पेस गर्नुअघि संसमा प्रतिनिधित्व गर्ने सबै दलले समर्थन जनाएका थिए । विधेयकमाथिको सैद्धान्तिक छलफल चार घण्टा चलेको थियो ।