Logo
४ आश्विन २०८१, शुक्रबार
(June 9, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सामान्य अवस्थामा हतियारसहित सीमामा सेना पठाइँदैनः रक्षामन्त्री पोखरेल

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले सीमामा सामान्य अवस्थामा सेना परिचालन गर्ने नियम नभएको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभामा सांसदहरुको प्रश्नको जवाफ दिँदै मन्त्री पोखरेलले अन्तर्राष्ट्रिय सीमाहरूमा सामान्य अवस्थामा भौतिक रूपमा हतियारसहित सेना नपठाइने चलन रहेको बताए ।

सांसदहरूले भारतले अतिक्रमित गरेको नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानीमा सेना परिचालन गर्नुपर्ने बताएका थिए ।

‘अन्तर्राष्ट्रिय प्रचलनअनुसार सामान्य अवस्थामा भौतिक रूपमा हतियारसहित अन्तर्राष्ट्रिय सिमानामा फौजहरू तैनाथ गरी सीमाको निगरानी राख्ने कार्य अर्धसैनिक फौजबाट गरिने प्रचलनअनुसार नेपालमा पनि उक्त कार्य नेपाली सेनाको समेत समन्वयमा सशस्त्र प्रहरी बलबाट गरिँदै आएको छ’, उनले भने ।

त्यस्तै रक्षामन्त्री पोखरेलले सेनाको हेलिकप्टरमा भारतसँग सीमाना जोडिएको कालापानी क्षेत्रमा आफू भ्रमणमा नगएको बताएका छन् ।

उनले आफू कालापानीमा बन्ने बाटो नेपाली सेनालाई जिम्मा दिन हुन्छ कि हुन्न भन्ने विषयमा स्थलगत निरीक्षणमा गएको स्पष्टीकरण दिएका हुन् ।

‘दृश्यअवलोकनाका लागि गएका होइन । म त्यसबेला नियमित अनुगमनका लागि त्यहाँ निर्वाचित सांसदसँग त्यहाँ बन्ने बाटो नेपाली सेनालाई दिने उपयुक्त होलाकी नहोला भन्ने विषयमा स्थलगत अनुगमन गर्न गएको हुँ’ उनले भने ।

प्रकाशित मिति: Jun 9, 2020

प्रतिक्रिया दिनुहोस्