भरतपुरमा कोराना संक्रमणबाट थप एक जनाको मृत्यु, कुल संक्रमणबाट मृत्यु हुनेको संख्या १५ पुग्यो
पछिल्लो समयमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या नेपालमा पनि बढ्दै गइरहेको अवस्थामा थप एक जना पुरुषको कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको छ ।
भरतपुर अस्पतालको आइसीयुमा उपचार गराइहेका भरतपुरका ती वृद्धको मृत्यु भएको भरतपुर अस्पताल प्रवक्ता लीलाधर पौडेलले जानकारी दिए ।
उनको हिजो मात्रै कोरोना सङ्क्रमण पुष्टि भएको थियो । नारायणी सामुदायिक अस्पतालमा उपचार गराइरहेका ती बिरामीलाइ कोरोना सक्रमण भएपछि भरतपुर अस्पताल सारिएको थियो।
लामो समयदेखि मुटुका बिरामी उनको निमोनियाको लक्षण देखिएपछि सोमबार कोरोना परीक्षण गरिएको थियो ।
कोरोनाबाट बिरामीको मृत्यु भएसँगै चितवनमा थप सुरक्षा सर्तकता अपनाइएको छ ।
आज एकजना थपिएपछि नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १५ पुगेको को छ ।
मृतकमध्ये १२ पुरुष र ३ महिला छन् ।