भैँसी फर्ममा काम गर्ने पाँच कामदारको हत्या, तन्नाले ढाकेर राखिएको अवस्थामा शव फेला
प्रदेश ५ स्थित रूपन्देहीमा पाँचजनाको हत्या भएको खबर छ । जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार रुपन्देहीको तिलोत्तमा–१० कान्छीबजारमा पाँचजनाको हत्या भएको हो ।
स्थानीय कृष्ण पुनको भैँसी फर्ममा काम गर्ने सुर्खेतका धसेन्द्र सिंजालीले सोही फर्ममा काम गर्ने पाँच अन्य कामदारको हत्या गरी फरार भएको प्रारम्भिक जानकारी आएको प्रहरीले बताएको छ ।
फरार भएका हत्या आराेपी सिंजालीलाई प्रहरीले मंगलबार बिहान तिलोत्तमा–१० बाट पक्राउ गरेकाे छ । मृतकहरु को–को हुन् भन्ने खुलेको छैन ।
गोठमा काम गर्ने पाँचजनाको हत्या गरी तन्नाले ढाकेर राखिएको अवस्थामा शव देखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक खड्ग हादुर खत्रीका अनुसार प्रहरी अहिले घटनास्थल जाँदै छ।