Logo
४ आश्विन २०८१, शुक्रबार
(June 8, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

छिमेकीले मिचेको ५०० बिघा जग्गा सरकारका नाममा फिर्ता ल्याएको सरकारको दावी

देशभरका विभिन्न स्थानमा मिचिएको करिब ५०० विघा जग्गा सरकारको नाममा फिर्ता ल्याइसकिएको सरकारले दावी गरेको छ ।

प्रतिनिधी सभामा सोबारे जानकारी दिर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले अन्तर्राष्ट्रिय सिमानाको शुद्ध नाप नक्सांकन, अभिलेख संरक्षण र व्यवस्थापनमा मन्त्रालय जुटेको बताइन ।

लिपुलेक,कालपानी र लिम्पियाधुरा सहितको नक्सा सार्वजनिक भएकोप्रति खुसी व्यक्त गर्दै उनले अन्य स्थानमा देखिएका सीमा समस्या द्विपक्षीय वार्ताबाट समाधान हुने जिकिर गरिन् ।

सीमा विवादका सन्दर्भमा नेपाल–भारतका प्राविधिक सम्मिलित संयुक्त सीमा कार्य समूहले काम गरिरहेको सदनलाई जानकारी गराइन । ‘आगामी दिनमा भारत सरकारसँग द्विपक्षीय वार्ता र कूटनीतिक प्रयासमार्फत उल्लिखित स्थानहरुमा रहेको समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको छ,’ उनको भनाइ छ ।

प्रकाशित मिति: Jun 8, 2020

प्रतिक्रिया दिनुहोस्