Logo
४ आश्विन २०८१, शुक्रबार
(June 9, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सोमबार थप ३१४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३ हजार ७६२ पुग्यो

सोमबार थप ३ सय १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मलेनमा प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा सोमबार थप ३ सय १४ जनामा संक्रमित भटिएको जनकारी दिएका हुन् । उनका अनुसार २ सय ९४ पुरुष रहेका छन् भने २० जना महिला रहेका छन् ।

योसँगै नेपालमा ३ हजार ७ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ३ हजार ५ सय ६ जना पुरुष रहेक छन् भने २ हजार ५६ जना महिला रहेका छन् ।

स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरणअनुसार सोमबार २१ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा २० पुरुष रहेका छन् १ महिला रहेका छन् । देशभर सोमबारसम्म ४ सय ८८ जना डिस्चार्ज भएको उनले जानकारी दिए ।

गौतमले नेपालमा १ लाख बढी नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको जानकारी दिएका हुन् ।

उनका अनुसार सोमबारसम्म पीसीआर विधिबाट १ लाख ९ सय ७१ नमुनाको परीक्षण गरिएको छ । त्यस्तै, १ लाख ५६ हजार ९ सय ९१ जनाको आरडीटी विधिबाट परीक्षण गरिएको छ ।

२४ घण्टाको आवधिमा ४ हजार ७ सय ६६ नुमना पीसीआर विधिबाट परीक्षण गरिएको छ भने ११ हजार ९ सय ४२ जनाको आरडीटी विधिबाट परीक्षण गरिएको छ ।

प्रकाशित मिति: Jun 8, 2020

प्रतिक्रिया दिनुहोस्