Logo
२९ कार्तिक २०८१, बिहीबार
(June 8, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बाँकेमा थप २० जना कोरोनामुक्त भएर घर फर्किए

प्रदेश नं ५ स्थित बाँकेमा थप २० जना कोरोना सङ्क्रमित उपचारपछि निको भएर सोमबार घर फर्किएका छन ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेकाअनुसार कृषि तालिम केन्द्र, खजुराको आइसोलेसनबाट सोमबार नरैनापुर १ का १ जना, वडा नं ४ का ३ जना , वडा नं ३ का १६ जना गरी २० जना पुरुषहरु उपचारपछि निको भई डिस्चार्ज भएका हुन्।

यसैबीच कोरोना विशेष अस्पताल बेलझुण्डी दाङबाट आइतबार डिस्चार्ज गरिएका बाँके नरैनापुरका तीनजनालाई सोमबार नेपालगञ्जको लायन्स डेन्टल अस्पतालको आइसोलेसनमा राखिएको छ ।

कोरोना परीक्षणमा पोजिटिभ आएपनि अस्पतालबाट डिस्चार्ज गरिएका उनीहरु गाउँमा पुगेपछि स्थानीयले विरोध जनाएका थिए ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङको निर्देशनपछि तीनजनालाई पुनः आइसालेसनमा राखिएको हो ।

कोहलपुर पिपिरीको कृषि विकास बैंकको आइसोलेसनमा बसिरहेकामध्ये केहीलाई पनि आजै डिस्चार्ज गरिने भएको छ ।

बाँकेमा एकजना मृतकसहित २ सय ७१ जनामा सङ्क्रमण देखिएकोमा अहिलेसम्म ६९ जना उपचारपछि सञ्चो भई डिस्चार्ज भएका छन् ।

प्रकाशित मिति: Jun 8, 2020

प्रतिक्रिया दिनुहोस्