स्याङ्जाका ६० वर्षीय कोरोना सङ्क्रमित पुरुषको पोखरामा मृत्यु
गण्डकी प्रदेश स्थित कास्कीको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत कोभिड-१९ एक सङ्क्रमितको मृत्यु भएको छ ।
अस्पतालको आइसोलेसनमा उपचाररत स्याङ्जाको वालिङ नगरपालिका-३ का ६० वर्षीय कोरोना सङ्क्रमित पुरुषको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले आज विज्ञप्ति जारी गरी पुष्टि गरेको हो ।
निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले यही जेठ २२ गतेदेखि अस्पतालको प्रि–आइसोलेसन कक्षमा उपचार गराइरहेका ती व्यक्तिको प्रयोगशालामा गरिएको परीक्षणमा आइतबार साँझ कोरोना पोजिटिभ देखिएपछि आइसोलेसन कक्षमा सारिएको थियो ।
उनी मिर्गौला, मधुमेहलगायतका रोगको बिरामी भएको बताइन्छ । गण्डकी प्रदेशमा काेराेना संक्रमणबाट मृत्यु भएकाे याे पहिलाे घटना हाे ।