जसपा निर्वाचन आयोगमा दर्ता, महन्थ र उपेन्द्र अध्यक्ष, भट्टराई सहित ३ जना वरिष्ठ नेता
समाजवादी र राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल मिलेर बनेको जनता समाजवादी पार्टी (जसपा) निर्वाचन आयोगमा दर्ता भएको छ । दर्ता गर्दा पार्टीको केन्द्रीय अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादव छन् ।
त्यसैगरी अशोक राई, डा. बाबुराम भट्टराई, राजेन्द्र महतो वरिष्ठ नेता रहेका छन् । नव गठित पार्टीमा २ अध्यक्ष र ३ जना वरिष्ठ नेता रहेका छन् । यद्यपी निवार्चन आयोगले भने आधिकारिता प्रदान गर्न बाँकी रहेको छ ।
पार्टी दर्ता गराउन राजपा नेपालका नेताहरु आइतबार निर्वाचन आयोग पुगेका छन् । ५३ सदस्यीय समिति रहेको पार्टीभित्र २ जना कार्यकारी अध्यक्ष र ३ जना वरिष्ठ नेता समेत पाँच नेताहरु पदाधिकारी रहने गरी कागजात निर्वाचन आयोगमा बुझाइएको छ ।
यसअघि डा. बाबुराम अध्यक्षलाई संघीय अध्यक्ष दिने भनिएको थियो तर निर्वाचन आयोगमा बुझाइएको कागजातमा भट्टराई सहित ३ जना वरिष्ठ नेता रहेका छन् ।
लक्ष्मणलाल कर्ण समेतका नेताहरु आज दिनभरी निर्वाचनमा आयोगमा उपस्थिीत थिए भने बबरमहल स्थित राजपाको कार्यालयमा दुवै दलका प्रमुख नेताहरुको बैठक बसेको थियो ।
हामिले सबै कागजात बुझायौं, अब निर्वाचन आयोगले अध्ययन गर्नेछ, त्यपछि आधिकारिता प्रदान गर्नेछ, जसपा नेता लक्ष्मणलाल कर्णले भने अब आजबाट राजपा सपाको अध्याय समाप्त भएको छ ।
एक महिना अघिदेखिको विवाद मिलेपछि दल दर्ताका लागि उनीहरु आयोग पुगेका हुन् । नवगठित जसपाको अब कार्यकारी अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादव रहनेछने भने डा.भट्टराई सहित अशोक राई र राजेन्द्र महतो वरिष्ठ नेताको रुपमा रहनेछन् ।
५३ सदस्यीय कार्यकारी समितिमा २७ जना नेता तत्कालिन राजपाबाट र २६ जना समाजवादीबाट छन् । नवगठित पार्टीको संसदीय दलको नेता भने राजेन्द्र महतो हुने सहमति भएको छ ।
एक महिनाअघि नै पार्टी एकीकरणको घोषणा गरिए पनि आन्तरिक सहमतीमा कुरा नमिलेपछि जसपाले अस्तित्व पाएको थिएन । आज आइतबार भने अन्तिम आवरमा नेताहरुले कागजात बुझाएका हुन् ।
निर्वाचन आयोगमा बुझाइएका कागजात :