Logo
११ माघ २०८१, शुक्रबार
(June 7, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जसपामा ठाकुर र यादव कार्यकारी अध्यक्ष, भट्टराई संघीय अध्यक्ष, महतो संसदीय दलका नेता

लामो समयदेखि एकता प्रकृयामा रहेको नव गठित जनता समाजवादी पार्टीमा दर्ता भएको छ । औपचारिक रुपमा अध्यावधिक कागजात सहित जसपाका नेताहरु आइतबार निर्वाचन आयोग पुगेका हुन् ।

कानूवीद तथा जसपा नेता लक्ष्मणलाल कर्णको नेतृत्वमा नेताहरु अध्यवाधिक कागजात सहित नेताहरु आयोगको कार्यालयमा पुगेका हुन् । पार्टीभित्रको पदाधिकारी विवाद हल भएपछि नेताहरु दल दर्ताको लागि आज आयोगको कार्यालयमा पुगेका हुन् ।

नयाँ सहमतिअनुसार पार्टीमा २ कार्यकारी अध्यक्ष, एक संघीय अध्यक्ष र २ वरिष्ठ नेता रहने गरी ५ मुख्य पदाधिकारी हुनेछन् । सरसरी हेर्दा जम्मा तीन अध्यक्ष रहने व्यवस्था गरिएपनि कार्यकारी कार्यकारी सहितको अधिकार भने २ जना अध्यक्षमा रहेको छ ।

तीन जना अध्यक्ष रहने ब्यवस्था मध्ये महन्थ ठाकुरको मर्यायादाक्रम १ नम्बरमा रहेको छ भने डा. बाबुराम भट्टराई दोस्रो र उपेन्द्र यादवको तेस्रो मर्यादाक्रम रहेको छ ।

तर भट्टराईको मर्यादाक्रम दोस्रो भएपनि कार्यकारी अध्यक्षता भने उनले गर्न पाउनेछैनन् । उनलाई संघीय अध्यक्ष भनिएको छ ।

त्यस्तै, पदाधिकारीमा वरिष्ठ नेताको रुपमा नेताद्वय अशोक राई र राजेन्द्र महतो क्रमस चौथो र पाचौं नम्बरका नेता हुनेछन् । यद्यपी संसदीय दलका नेता महतोलाई दिनेगरी सहमती भएको बुझिएको छ ।

‘पछिलोपटक महतो मौन बनेपछि एकता सहमती लगभग बिथोलिने अवस्थामा पुगेको थियो । महतोलाई संसदीय दलका नेता दिने सहमती भएपछि मात्र फेरि एकता पक्रिया अघि बढेको हो’ श्रोतले भन्यो -‘महतोलाई संसदीय दलका नेता बनाइने छ, यद्यपी पार्टीको मर्यादाक्रममा एक नम्बरमा ठाकुर रहने छ ।’

बराबरी हैसियतको सुत्रमा दुवै पार्टीबीच एकता भएकोले समाजवादीबाट ३ जना नेतालाई मुख्य पद दिदै राजपाबाट पनि ३ जनाले मुख्य पद पाउनु पर्नेगरी सहमती भएको हो ।

सपाबाट भट्टराई, यादव र राई सहित तिनजनाले मुख्य तिन पद पाएका छन् भने राजपाबाट ठाकुर र महतो गरी दुई जनाले मात्र मुख्य पद पाएका छन् ।

राजपाका एक नेताका अनुसार महतोलाई पछि संसदीय दलका नेता समेत दिनेगरी उनलाई पाचौं नम्बरको मर्यादाक्रममा बस्न मनायएको हो ।

समाचार श्रोतका अनुसार ‘नेकपा स्टाइलमा पर्टाी एकिकरण भएको हो भने हाललाई ५३ सदसीय केन्द्रिय कार्यकरणी समिति रहने छ ।

पार्टीमा मुख्यत २ जना कार्यकारी अध्यक्ष रहनेछन्, एक नेताले भने डा. बाबुराम भट्टराईले त बोनसमा अध्यक्ष पद पाइएका हुन् । उनी नामका लागि मात्र अध्यक्ष रहनेछन् ।’

जसपा नेता महेन्द्रराय यादवले तीन अध्यक्ष रहने सहमति भएको बताए । उनका अनुसार तीन अध्यक्षमा ठाकुर पहिलो वरियतामा, यादव दोस्रो र भट्टराई तेस्रो वरियतामा हुनेछन् । त्यसैगरी राई र महतो क्रमस चोथौं र पाचौं वरियतामा रहनेछन् ।

उनले सहमति बन्न निकै कठिन भएपछि अशोक राई र राजेन्द्र महतोले पनि पदाधिकारीको जिम्मेवारी दिइएको हो उनीहरु दुवैजनाको पद भने वरिष्ठ नेता नै रहनेछन् ।

वैशाख १० को राति अचानक समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच मध्यराति एकता सम्झौता भएको थियो । समाजवादी पार्टी फुटको संघारमा पुगेपछि अचानक एकता गरी विभाजन रोकिएको थियो ।

विगतमा उपेन्द्र यादवको मधेशी जनअधिकार फोरम र अशोरक राई नेतृत्वको पार्टी मिलेर संघीय समाजवादी पार्टी बनेको थियो । उक्त दलमा बाबुरामको नेतृत्वको नयाँ शक्ति नेपाल मिलेपछि समाजवादनी पार्टी बनेको थियो ।

राजनीतिक दल सम्बन्धी ऐनमा एकीकरण वा गाभिने घोषणा गरेको ४५ दिनभित्र सम्झौताको प्रतिलिपी संलग्न गरेर निर्वाचन आयोगमा निवेदन दिनुपर्ने व्यवस्था छ । जसपाले सम्झौता गरेको शनिबार ४५ दिन पुगेको थियो ।

तर हिजो शनिबार परेकाले आजसम्म निवेदन दिने म्याद बाँकी थियो । ऐनमा दुई वा सो भन्दा पार्टीले सम्झौता गरी एकीकरण हुन वा गाभिन सक्ने, एकीकरणको सम्झौता भएको पैँतालीस दिन भित्र एकीकरण हुने वा गाभिने दलले आफ्नो विधान, केन्द्रीय समितिको निर्णय र सम्झौताको प्रतिलिपी संलग्न गरी आयोगमा निवेदन दिनुपर्ने व्यवस्था छ ।

निवेदनमा त्यस्ता दलमध्ये कुनै दलको नाममा गाभिने वा नयाँ नाममा एकीकरण हुने कुरासमेत खुलाउनु पर्ने र निवेदनमाथि आयोगले आवश्यक जाँचबुझ गरेर दल दर्ताको प्रमाणपत्र दिने प्रावधान छ ।

प्रकाशित मिति: Jun 7, 2020

प्रतिक्रिया दिनुहोस्