Logo
४ आश्विन २०८१, शुक्रबार
(June 7, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लकडाउन खुकुलोबारे आज सरकारले केही निर्णय लिने सम्भावना

लकडाउन खुकुलोबारे आज सरकारले केही निर्णय लिने सम्भावना देखिएको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समिति र नेपाली सेनाको कोरोना संकट व्यवस्थापन केन्द्रको सुझाव मर्ज गरी लक डाउन खुकुलो बनाउने प्रस्तावले आइतबार अन्तिम रुप पाउने भएको हो ।

यो प्रस्ताव आइतबार नै मन्त्रिपरिषदको कार्यालयमा पुग्दैछ भने मन्त्रिपरिषदको बैठकले खास निर्णय लिनेछ । यसअघिको बैठकले मोडालिटी तयार पार्नका लागि समितिलाई नै जिम्मेवारी दिएको थियो ।

जेठ १७ गते बसेको मन्त्रिपरिषद बैठकले उच्चस्तरीय समितिलाई लकडाउनको मोडालिटी तय गर्ने जिम्मेवारी दिएको थियो । क्याबिनेटले निर्देशन दिएको ८ दिनपछि बल्ल उच्चस्तरीय समितिले लकडाउनलाई चरणवद्धरुपमा खुकुलो बनाउने मोडालिटी तयार पारी पठाउन लागेको हो ।

सर्वसाधारणले लक डाउनलाई भद्रताका साथ विस्तारै तोड्न थालेपछि नयाँ मोडालिटीअनुसार खास निर्णय गर्नुपर्ने दबाबमा सरकार परेको थियो । आइतबार काठमाडौंका सडकमा सार्वजनिक ट्याक्सी समेत देखिएका छन । यसवीचमा उच्च स्तरीय समितिले जेठ २५ बाटै लकडाउन खुकुलो पार्ने, सयभन्दा कम कोरोना संक्रमित रहेका जिल्लामा आन्तरिक सवारी साधन चलाउने, असार १ देखि आन्तरिक हवाइ उडान सञ्चालन गर्ने र लामो दुरीका यातायात चलाउने लगायतको प्रस्ताव तयार भएको थियो । तर, यसले अनुमोदन हुने मौका पाएको थिएन ।

उच्चस्तरीय समितिले सदस्य रहेका शनिबार मन्त्रीहरुलाई प्रस्तावको मस्यौदा वितरण गरेको थियो । त्यसमा आएका सुझावका आधारमा नै प्रस्ताव मन्त्रिपरिषदमा पठाइन लागेको हो ।

प्रकाशित मिति: Jun 7, 2020

प्रतिक्रिया दिनुहोस्