Logo
४ आश्विन २०८१, शुक्रबार
(June 4, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विदेशमा अलपत्र नेपालीको उद्दारमा सरकार जुट्यो, म्यानमार र अरबबाट भोली ल्याइने

विदेशमा अलपत्र परेका नेपालीको उद्दारमा बल्ल सरकार जुटेको छ । सरकारले विदेशमा रहेका नेपाली ल्याउने काम भोलिदेखि सुरू गर्ने भएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार जेठ २३ गते दुई देशबाट नेपाली ल्याएर जहाज आउने भएका छन्।
विमानस्थल कार्यालयका प्रमुख देवेन्द्र केसीका अनुसार म्यानमार र संयुक्त अरब इमिरेट्सबाट नेपाली ल्याएर जहाज आउने तालिका रहेको छ ।

’अरु सबै विवरण नेपाली सेनासँग रहेको छ । हामीलाई भोलि म्यानमार र युएईबाट उडान हुँदैछ भन्ने जानकारी छ। यी उडानबाट नेपाली पनि आउने छन्,’ केसीले भने ।

कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट टिम (सिसिएमसी) स्रोतका अनुसार युएईबाट फ्लाई दुबईले २ सय ३१ नेपाली ल्याएर भोलि आउनेछ। त्यस्तै म्यानमारबाट २६ जना आउने भएका छन् ।

प्रकाशित मिति: Jun 4, 2020

प्रतिक्रिया दिनुहोस्