Logo
३० कार्तिक २०८१, शुक्रबार
(June 4, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोनाविरुद्ध हाइड्रोक्सीक्लोरोक्वीन औषधिलाई पुनःपरीक्षण गरिने : डब्ल्यूएचओ

विश्व स्वास्थ्य संगठनले निस्काशित गरेको हाइड्रोक्सीक्लोरोक्वीन औषधिलाई कोरोनाको उपचारका लागि पुन: परीक्षण गर्ने निर्णय गरेको छ।

हाइड्रोक्सीक्लोरोक्वीन औलोको उपचारमा प्रयोग हुने औषधि रहेको हो। उक्त औषधिले स्वास्थ्यलाई हानी हुने भन्दै कोरोना विरुद्ध परिक्षणमा प्रयोग नगर्न आदेश जारी गरेका थिए।

विश्व स्वास्थ्य संगठनका (डब्ल्यूएचओ) को प्रमुख टेड्रोस एडनमले बुधबार हाइड्रोक्सीक्लोरोक्वीनको परीक्षण पुनः शुरु गरिने बताएका थिए।

उपलब्ध मृत्युको तथ्याङ्क हेर्दा, प्रमूख अन्वेषकहरुको कार्यकारी समूहले हाइड्रोक्सीक्लोरोक्वीनको परीक्षणलाई पुनः सूचारु गरिने विषय लाई प्रमुख टेड्रोसले एक भर्चुअल न्यूज ब्रिफिङ्गमार्फत जानकारी दिएका छन्।

पछिल्लो साता सुरक्षाको त्रासका कारण यस परीक्षणमा रोक लगाइएको थियो। खोप निर्माणका लागि सम्पूर्ण देशहरु लागिपरेका छन् ।

खोपहरु भने परिक्षणको क्रममा रहेका छन्।

प्रकाशित मिति: Jun 4, 2020

प्रतिक्रिया दिनुहोस्