Logo
३० कार्तिक २०८१, शुक्रबार
(June 4, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नयाँ निर्देशिका जारी : अब संक्रमितहरुलाई घरमै राख्ने सरकारको व्यवस्था

दिनानदुन बढिरहेको  कोरोना भाइरसकाा सङ्क्रमित दुई हजार नाघेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पतालमा आइसोलेशन सञ्चालन र सामान्यावस्थाका बिरामीलाई घरमै आइसोलेशनमा राख्ने व्यवस्थासहितको निर्देशिका जारी गरेको छ ।

मन्त्रालयले यही जेठ २० गते स्वीकृत ‘कोभिड –१९ केशको आइसोलेशन व्यवस्थापनसम्बन्धी निर्देशिका २०७७’ जारी गरेको हो ।

निर्देशिकामा भेन्टिलेटर र अस्पतालमा भर्ना गर्नुपर्ने बिरामीलाई अस्पताल र सामान्यावस्थामा रहेका बिरामीलाई घरमै विभिन्न सचेतनासहित राख्नेसम्बन्धी बुँदा समावेश गरिएको छ ।

जनस्वास्थ्य सेवा ऐन, २०७५ र कोभिड –१९ रोकथाम योजनाबमोजिम संक्रमितको सङ्ख्या दुई हजार नाघेर दोस्रो चरणमा प्रवेश गरेका अवस्थामा जनस्वास्थ्य विपद अवस्था घोषणाको तयारी भएको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैगरी मन्त्रालयले कोरोनाबाट मृत भएकाको शव व्यवस्थापनसम्बन्धी कार्यविधि, २०७६ लाई पनि संशोधन गरी कार्यान्वयनमा ल्याएको छ ।

प्रकाशित मिति: Jun 4, 2020

प्रतिक्रिया दिनुहोस्