नेपालमा कोरोनाबाट नवौं व्यक्तिको मृत्यु, कुल संक्रमितको संख्या २३०० पुग्यो
अहिलेको बर्तमान समयमा नेपालमा कोरोना भाइरसको संक्रमित बढीरहेको अवस्थामा स्वास्थ्य जनसंख्या मन्त्रालयकाअनुसार कुल संक्रमितको संख्या २३०० पुगेको छ ।
गएको २४ घण्टामा २०१ जनामा कोरोना भाइरस को संक्रमण पुष्टि भएको छ भने थप १ जनाको मृत्यु भएको स्वास्थ्य जनसंख्या मन्त्रालय जनाएको छ ।
कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट नेपालमा नवौं व्यक्तिको मृत्यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृतक दोलखाका ७६ वर्षीय पुरुष हुन् ।
उनी जेठ १३ गते ह्यामरेज स्ट्रोक भएपछि काठमाडौं मेडिकल कलेज भर्ना भएका थिए र उनको अपरेसन गरिएको थियो ।
उनको १५ गते कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो र रिपोर्ट पोजेटिभ आएको छ ।त्यसपछि त्रिवि शिक्षण अस्पतालमा सारिएका उनको उपचारका क्रममा बुधबार मृत्यु भएको छ ।
यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ ।