Logo
४ आश्विन २०८१, शुक्रबार
(May 31, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बाजुरामा कोरोनाबाट बालिकाको मृत्यु, आमामा पनि संक्रमण

सांकेतिक तस्बिर
बाजुरामा कोरोना संक्रमण भएर एक जना बालिकाको उपचारकै क्रममा आइतबार मृत्यु भएको छ।

केही समयअघि मात्र भारतबाट नेपाल फर्किएका ती बालिका र उनकी आमा क्वारेन्टिनमा बसेका थिए। उनकी आमालाई पनि संक्रमण पुष्टि भएको छ।

क्वारेन्टिनमा रहेकै बेला बालिकालाई गाह्रो भएपछि बाजुरामा रहेको अस्पतालमा उपचार गरिएको थियो।

उपचारकै क्रममा मृत्यु भएकी २ वर्षकी बालिकामा कोरोना संक्रमण पुष्टि भएको सुदुरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले जानकारी दिए। २ वर्षे बालिकामा कोरोना पुष्टि भएको छ’, नेपालखबरसँग कार्कीले भने, ‘उनकी आमालाई पनि कोरोना संक्रमण देखिएको छ।’

प्रकाशित मिति: May 31, 2020

प्रतिक्रिया दिनुहोस्