कांग्रेसको सिगनलपछि नयाँ नक्सा समेत संविधान संशोधन विधेयक आज संसदमा पेस हुँदै
नेपालको नयाँ नक्सा समेेत संविधान संशोधन सम्बन्धी विधेयक आज संसदमा पेस हुने भएको छ। सरकारले प्रतिनिधि सभामा आज संविधान संशोधन विधेयक पेस गर्ने भएको छ।
निशान छापमा नेपालको कालापानी, लिपुलेख र लिम्पियाधुरासहितको नयाँ नक्सा राख्न लागि सरकारले संविधान संशोधन विधेयक संसदमा पेस गर्ने लागेको हो।
यसअघि पनि सरकारले संविधान संशोधनका लागि संसदको कार्यसूचिमा राखिएको भएपनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केन्द्रिय समितिबाट संशोधनको पक्षमा निर्णय गर्ने बताएपछि संशोधनलाई कार्यसूचिबाट हटाइएको थियो।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको शनिबार बसेको केन्द्रीय वैठकले संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेको छ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार राति सकिएको बैठकले अद्यावधिक गरिएको नक्सालाई संविधानको अंग बनाउने प्रस्तावका पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशन दिने निर्णय गरेको छ।
सरकारले यसअघि नै लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको अद्यावधिक नक्सा जारी गरिसकेको छ।
प्रतिनिधिसभामा कांग्रेसका ६३ जना सांसद छन्। अब संविधान संशोधनका लागि सरकारलाई आवश्यक पर्ने दुई तिहाइ मत निश्चित भएको छ।
आज संसदमा पेस भएलगत्तै संशोधन विधयेक सार्वजनिक जानकारीका लागि राजपत्रमा प्रकाशित हुन्छ।