Logo
४ आश्विन २०८१, शुक्रबार
(May 30, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संविधान संशोधनको पक्षमा मतदान गर्ने कांग्रेसकाे निर्णय

संविधान संशोधन प्रस्तावको पक्षमा मतदान गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले संसदहरुलाई निर्देशन दिएको छ।

शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले संशोधनका पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशन दिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

कालापानी, लिपुलेक र लिम्पियाधुराको भूभाग समावेश गरी नेपाल सरकारले सार्वजनिक गरेको नक्सा र संविधानको धारा ९ को उपधारा २ सँग सम्बन्धित अनुसूची ३ मा संशोधन गर्न संसदमा प्रस्तुत हुने प्रस्तावको पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशन दिएको प्रवक्ता शर्माले जानकारी दिए।

संशोधनका पक्षमा कांग्रेस नेतृत्वले सहमति गरे पनि बुधबार संसदमा पेस गर्ने भनेको संशोधन प्रस्ताव कांग्रेसले समय मागेकै कारण रोकिएको थियो।

शुक्रबार कांग्रेस संसदीय दलको बैठक बसेर संशोधनका पक्षमा उभिने निर्णय गरेको थियो।

प्रतिपक्षी दल कांग्रेसले यो निर्णयसँगै अव संविधान संशोधनको ढोका खुलेको छ।

सरकारले लिम्पियाधुरा, लिपुलेक, कालापानी समेटिएको अध्यावधिक नक्सा र संविधानको धारा ९ को उपधारा २ सँग सम्बन्धित अनुसूची ३ मा रहेको निशान छाप परिवर्तन गर्न संशोधन प्रस्ताव दर्ता गरेको छ।

प्रकाशित मिति: May 30, 2020

प्रतिक्रिया दिनुहोस्