Logo
३० कार्तिक २०८१, शुक्रबार
(May 30, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बजेटमा एमसीसी स्वीकृत भइसकेको नेकपाको सचिवालय बैठकको निष्कर्ष [भिडियो]

सरकारले बजेट वक्तव्यमा अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) लाई स्थापित गरिसकिएको निष्कर्ष निकालिएको छ ।

विवाद समाधानका लागि शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा सचिवालय बैठक बसेको हो ।

यद्यपि संसदमा एमसिसी परियोजना विचाराधीन रहेकोले अनुमोदन नहुँदासम्म त्यसअन्तर्गतका कामहरू रोक्ने सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकले निर्णय भएको दावी गरिएको छ।

बैठकका निर्णय सञ्चारकर्मीलाई सुनाउँदै प्रवक्तासमेत रहेका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले एमसिसी अनुमोदन नहुञ्जेल त्यसअन्तर्गतका काम रोक्ने बताए।

‘एमसिसी अन्तर्गतका कामहरू जति अनुमोदन भएपछि गर्नुपर्ने काम छन् ती अनुमोदन भएपछि नै गर्ने समझदारी भयो,’ प्रवक्ता श्रेष्ठले भने, ‘संसदबाट एमसिसी अनुमोदन नहुँदासम्म त्यसअन्तर्गतका काम रोक्ने।’

सचिवालय बैठकमा नेकपाको एमसीसी कार्यदलका सदस्य रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भीम रावलका साथै अर्थमन्त्री डा. युवराज खतिवडालाई पनि निम्त्याइएको थियोे ।

सत्तासीन नेकपाको पार्टी सचिवालयको अनाैपचारिक बैठक MCC बारे छ्लफल गर्दै सम्पन्न भएकाे हो ।

बजेटको अनुसूचिमा रहेकाे बजेटकाे स्राेतमा उल्लेख भएकाे एमसीसी संसदमै विचाराधीन विषय रहेकाे हुनाले पछि निर्णयबमाेजिम हुनेगरी अर्थमन्त्रीले स्पष्ट पारिने छ ।

नेकपा सचिवालयका बहुमत सदस्य एमसीसी जस्ताको त्यस्तै पारित गर्न नहुने अडानमा छन् । तर, शनिबारको सचिवालय बैठकमा संस्थापन पक्षका नेताहरुले एमसीसी सहयोग अघिल्ला आर्थिक वर्षमै संसदबाट स्वीकृत भैसकेको रोचक तर्क गरेको स्रोतले बतायो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाका अनुसार त्यस क्रममा प्रधानमन्त्रीले नीति तथा कार्यक्रमकाे प्रत्युत्तर दिदाँ उल्लेख गर्नुभएबमाेजिम भाषा स्पष्ट गरिने छ ।

नेकपाभित्र यसपटक बजेटमा एमसीसी घुसाइएको भनेर विवाद निकालिए पनि एमसीसीको अनुदानलाई सम्भावित आय विवरणमा पहिले नै स्वीकार गरेर संसदले पारित गरिसकेको अर्थ मन्त्रालयका एक उच्च अधिकारीले बताए ।

उनका अनुसार एमसीसीको अनुदान यसपटक घुसाइएको होइन । हाल एमसीएले गरिरहेका कामहरूकाे सम्बन्धमा अनुमाेदनपछि गरिनुपर्ने कतिपय काम अघि नबढाउने गरी स्थिति बुझेर स्पष्ट पारिने छ ।

एम्सीसीकाे बारेमा सचिवालयमा व्यापक छलफल गरी पछि निर्णय गरिने छ ।

हेर्नुस् भिडियो : 

प्रकाशित मिति: May 30, 2020

प्रतिक्रिया दिनुहोस्