भारतबाट दुहबी आएका २३ जना स्थानीयलाई क्वारेन्टाइनमा राखेर आरडिटि जाच हुँदै
भारतबाट गए राती दुहबी आएका २३ जना दुहबीका स्थानीय मध्ये १५ जनालाई दुहबी २ स्थित रहेको क्वारेन्टाइनमा राखिएको छ भने बेड संख्या कमि भएकोले ८ जनालाई दुहबी ४ स्थित रहेको मदरसामा सेल्फ क्वारेन्टाइनमा राखिएको तथा उनिहरु सबैको केही बेरमै कोरोनाको आरडिटि जाच गरेर सबैलाई दुहबी २ स्थित रहेको क्वारेन्टाइनमा राखिने दुहबी स्वास्थ्य शाखाका उचित नारायण शाहले जानकारी दिएका
छन् ।
उनिहरु सबैको सामान्य स्वास्थ्य जाँच गर्दा सबैको स्वास्थ्य अवस्था ठिकै देखिएको उनले बताए । दुहबीको क्वारेन्टाइनमा अहिले ३० जना रहेका छन् ।