प्रधानमन्त्रीद्वारा बालुवाटारमा सर्वदलीय बैठक आह्वान
प्रधानमन्त्री केपी ओलीले अपराह्न ५ बजे बालुवाटारमा सर्वदलीय बैठकको आह्वान गरेका छन् ।
प्रधानमन्त्री ओलीले अपराह्न ५ बजे बालुवाटारमा सर्वदलीय बैठक बोलाएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।
सीमा विवाद लगायत विभिन्न समसामयिक विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाएको बताइएको छ ।
सरकारले केही दिनअघि मात्र लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर नक्सा प्रकाशित गरेपछि निशान छाप परिवर्तनका लागि संविधान संशोधन गर्न सहमति जुटाउन बैठक केन्द्रित हुने छ ।