भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ हजार नाघ्यो
छिमेकी देश भारतमा मङ्गलबार बिहान जारी तथ्याङ्कअनुसार भारतमा कोभिड- १९ बाट मृत्यु हुने व्यक्तिको संख्या ४ हजार १६७ जना पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
मङ्गलबार सम्म स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको ।
मङ्गलबार बिहान जारी तथ्याङ्कअनुसार भारतमा कोभिड-१९ संक्रमितको संख्या १ लाख ४५ हजार ३८० पुगेको छ ।
यस संक्रमणबाट निको भएका बिरामीको संख्या ६० हजार ४९० जना रहेको पनि सो मन्त्रालयले जानकारी दिएको छ ।
हाल भारतमा ८० हजार ७२२ जना कोरोना संक्रमित उपचाररत रहेका समाचारमा जनाइएको छ ।कोभिड-१९ बाट सबैभन्दा बढी भारतको महाराष्ट्र राज्यका नागरिक संक्रमित भएका छन् ।
यहाँमात्र ५२ हजार ६६७ नागरिक कोरोना भाइरस संक्रमित रहेका छन् । महाराष्ट्रपछि तमिलनाडूमा दोस्रो स्थानमा रहेको छ ।
त्यहाँ १७ हजार ८२ जनामा कोरोना भाइरसको संक्रमण रहेका छन् । गुजरातमा १४ हजार ४६० संक्रमति रहेका छन् । दिल्लीमा १४ हजार ७३ जना कोरोना संक्रमित रहेका छन् ।
भारतमा दुई महिना यतादेखि कोरोना भाइरस संक्रमण फैलिने डरले लकडाउन जारी रहेको छ ।
कोरोना भाइरसको संक्रमण क्रम नरोकिएपछि भारत सरकारले देशव्यापी रुपमा गरेको लकडाउनलाई मे ३१ सम्म जारी रहने घोषणा गरेको छ ।
कोरोना भाइरस नियन्त्रण र रोकथामको लागि लकडाउनको चौथो चरण आगामी मे ३१ सम्म जारी रहने भारत सरकारले जानकारी दिएको हो ।
भारतीय गृह मन्त्रालयले गत २४ मार्चदेखि लागू गरिएको लकलडाउन थप १४ दिनको लागि बढाउने निर्णय गरेको छ । भारतमा पहिलो चरणको लकडाउन गत २४ मार्चमा लगाइएको थियो ।
दोस्रो चरण लकडाउन १५ अप्रिलमा शुरु भएको थियो । तेस्रो चरणको लकडाउन मे ४ बाट शुरु थियो ।
भारतले सरकारले गत मे ४ देखि लागू हुने गरी मे १७ सम्म थप दुइ साताको गरिएको तेस्रो चरणको लकडाउन समाप्त भएपछि चौथो चरणको लकडाउन शुरु भएको थियो ।
विगत केही दिनयता भारतभरि नै कोरोना भाइरसको संक्रमित को संख्यामा बृद्धि देखिएपछि चौथो चरणको लकडाउन गर्ने निर्णय गरिएको हो ।
भारतमा विगत केही दिनयता संक्रमणको बृद्धिदर उच्च देखिएको छ । यद्यपी अघिल्ला चरणका लकडाउनको तुलनामा चौथो चरण हालको लकडाउन केही खुकुलो गरिएको छ ।