Logo
४ आश्विन २०८१, शुक्रबार
(May 24, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महासंकटकाविच जेठ १५ मा तेस्रो बजेट ल्याउँदै कम्युनिष्ट सरकार

दुईतिहाई बहुमत नजिकको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले तेस्रो बजेट जेठ १५ मा ल्याउँदै छ ।

बजेट निर्माणको नेतृत्व अर्थमन्त्री डा. युवराज खतिवडाले गरिरहेका छन । कोरोनाको महासंकटले सुस्ताएको अर्थतन्त्रलाई विशेष सम्बोधन गर्दै नेकपाको घोषणापत्रमा आधारित रहेर आगामी वर्षको बजेट निर्माणमा जुटेको सरकारको तेस्रो बजेटलाई विशेष महत्वकासाथ हेरिएको छ ।

अर्थमन्त्रालय स्रोतका अनुसार कोरोनाका कारण स्रोतको ठूलो खाडल रहेकाले सरकार कर्मचारीको तलव, सामाजिक सुरक्षा भत्ता नबढाउनेगरी बजेट बनाइएको छ भने महासंकटमा खटिएका स्वास्थ्यकर्मी, पत्रकारलगायतलाई सम्बोधन गरेर विशेष कार्यक्रम ल्याइदैछ ।

कोरोनाले प्रभावित उद्योग धन्दा, कृषि, रोजगारीलाई बजेटले सम्बोधन गर्ने समाचार स्रोत बताउछ । सरकारले आगामी वर्षका लागि बिहीबार सार्वजनिक गर्ने बजेटको स्रोत भने दातृ निकाय र विकास साझेदारमै निर्भर रहनेछ ।

कोरोना महामारीबीच बजेट ल्याउने वाध्यता र अर्थतन्त्रलाई लयमा फर्काउने चुनौतीमा रहेको सरकारको स्रोत भने खुम्चँदै गएपछि आगामी बजेटको स्रोत दातामै निर्भर हुने अर्थ मन्त्रालयका अधिकारीहरु बताउछन ।

बजेटको प्रमुख स्रोत मानिने राजस्व यो वर्ष संसारभर फैैलिएको कोरोना महामारीले अर्थतन्त्र शिथिल हुँदा सर्वाधिक कमजोर बनेको छ भने दातृ निकायबाट आउने प्रतिवद्धताअनुुसारको रकम पनि कोभिड–१९ को महामारीले काम रोकिँदा आउन सकेको छैन । यही अवस्था रहेमा राज्यलाई वित्तीय दायित्व झन बढ्ने अझै कठिन अवस्था झेल्नुपर्ने चुनौती थपिएको छ ।

आन्तरिक स्रोतका मुहानहरू सुक्दै गएपछि अर्थमन्त्री डा.युवराज खतिवडा आफैंले विश्व बैंक, एसियाली विकास बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष, युरोपियन युनियन, जर्मन सहयोग नियोगलगायतका दाताहरूसँग नियमितजसो छलफल गरेर स्रोत जोहो गर्नमा केन्द्रित हुने गरेका छन् ।

चालू आर्थिक वर्षमा पर्याप्त राजस्व नउठेपछि स्रोतको संकटमा रहेको सरकारले करिब ५ अर्ब रुपैयाँ बजेट सरेण्डर भएको छ । अर्थ मन्त्रालयका अनुसार राष्ट्रपतिको कार्यालयसहित ९ निकायले गत चैत मसान्तसम्म ४ अर्ब ८१ करोड ७० लाख रुपैयाँ ‘बजेट सरेन्डर’ गरेका छन् ।

प्रकाशित मिति: May 24, 2020

प्रतिक्रिया दिनुहोस्